१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश नं १ मा थप ३७३ जनामा कोरोना सङ्क्रमण



अ+ अ-

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३७३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

सो अवधिमा पीसीआर परीक्षणका आधारमा मोरङमा १०५ मध्ये विराटनगरमा ६४, झापामा ८९, सुनसरीमा ६७, इलाममा आठ, धनकुटा, पाँचथर, उदयपुर र सङ्खुवासभामा एक÷एक तथा प्रदेश बाहिरका चार जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
सो अवधिमा एक हजार ३२१ को पीसीआर परीक्षण गर्दा २८१ र ३४५ को एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८३ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई महिलासहित सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।