९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

गुजरात र राजस्थान पहिलो क्वालिफायर खेल्दैः विजेता फाइनलमा पुग्ने, हार्नेलाई अर्को मौका

गुजरात र राजस्थान पहिलो क्वालिफायर खेल्दैः विजेता फाइनलमा पुग्ने, हार्नेलाई अर्को मौका
अ अ+ अ-

एजेन्सी । आईपीएल २०२२ को नकआउट चरण आज मंगलबारबाट सुरु हुँदैछ । क्वालिफायर १ मा गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्नेछ । खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरातले टी–२० लिगको पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेको थियो । १४ मध्ये १० खेल जितेर २० अंकसहित गुजरात शीर्ष स्थानमा रह्यो ।

अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको प्रदर्शन पनि राम्रो रह्यो । टोलीले नौ खेल जित्दै दोस्रो स्थानमा रह्यो । गुजरात टाइटन्स र राजस्थान रोयल्स लिग राउण्डमा एकपटक भिडेका थिए । यस खेलमा पाण्ड्याले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका थिए ।

पाण्ड्याको अविजित ८७ रनको सहयोगमा टोलीले ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । जवाफमा राजस्थानले ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सकेको थियो ।

पछिल्लो पाँच खेलको कुरा गर्ने हो भने गुजरातले दुई राउण्डमा मात्रै जित हात पारेको थियो भने राजस्थानले पनि दुई खेल मात्र जित्न सकेको छ । अर्थात् यी दुईबीच रोचक भिडन्त हुनेछ । दुवै टोली फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

गुजरातको कुरा गर्ने हो भने हार्दिक पाण्ड्या र शुभमन गिल दुवैले ४०० भन्दा बढी रन बनाएका छन् । तर, गिल पछिल्ला दुई खेलमा असफल भएका छन् । दुवै ब्याट्सम्यानले ४–४ अर्धशतक पनि बनाएका छन् । अर्कोतर्फ ऋद्धिमान साहाले नौ खेलमा तीन अर्धशतक बनाएर आफूलाई प्रमाणित गरेका छन् ।

डेभिड मिलरले ५४ को औसतमा ३८१ रन बनाएका छन् । तल्लोक्रममा राहुल तेवाटिया र राशिद खानले पनि रन जोड्न सक्छन् । तेवातियाको स्ट्राइक रेट १४८ छ भने राशिदको स्ट्राइक रेट २०७ रहेको छ ।

यसैगरी, राजस्थान रोयल्सले आईपीएल २०२२ मा सर्वाधिक रन बनाउने जोस बटलरबाट धेरै आशा राख्नेछ । उनले अहिलेसम्म तीन शतक र तीन अर्धशतकको सहयोगमा ६२९ रन बनाएका छन् । यद्यपि, उनले पछिल्ला पाँच खेलमा भने एक पनि अर्धशतक बनाउन सकेका छैनन् । सञ्जु सैमसन र देवदत्त पडिक्कलले ३ सयभन्दा बढी रन बनाएका छन् । यशस्वी जैसवाल, आर अश्विन र शिमरोन हेटमायरले पनि ब्याटिङमा राम्रो प्रदर्शन गरेका छन् ।

गुजरात सम्भावित – ११ः
ऋद्धिमान साहा (विकेटकीपर), शुभमन गिल, म्याथ्यू वेड, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, आर साई किशोर, लोकी फर्गुसन, यश दयाल, मोहम्मद शामी ।

राजस्थान सम्भावित – ११
यशस्वी जैसवाल, जोस बटलर, सञ्जु सैमसन (कप्तान एवं विकेटकीपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, युजवेन्द्र चहल, ओबेद म्याकोय ।

क्वालिफायर–१ मा हार्ने टोलीले एलिमिनेटरमा जित्ने टोलीसँग क्वालिफायर–२ खेल्नेछ । जित्ने टोली सिधै फाइनलमा पुग्नेछ ।