• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   शिक्षामा दलीय राजनीति रोक्ने निर्णयबाट पछि हट्दिनँः मन्त्री श्रेष्ठ ★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ

गुजरात र राजस्थान पहिलो क्वालिफायर खेल्दैः विजेता फाइनलमा पुग्ने, हार्नेलाई अर्को मौका



एजेन्सी । आईपीएल २०२२ को नकआउट चरण आज मंगलबारबाट सुरु हुँदैछ । क्वालिफायर १ मा गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्नेछ । खेल नेपाली समयानुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

हार्दिक पाण्ड्याको नेतृत्वमा गुजरातले टी–२० लिगको पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेको थियो । १४ मध्ये १० खेल जितेर २० अंकसहित गुजरात शीर्ष स्थानमा रह्यो ।

अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको प्रदर्शन पनि राम्रो रह्यो । टोलीले नौ खेल जित्दै दोस्रो स्थानमा रह्यो । गुजरात टाइटन्स र राजस्थान रोयल्स लिग राउण्डमा एकपटक भिडेका थिए । यस खेलमा पाण्ड्याले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाएका थिए ।

पाण्ड्याको अविजित ८७ रनको सहयोगमा टोलीले ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । जवाफमा राजस्थानले ९ विकेट गुमाएर १ सय ५५ रन मात्रै बनाउन सकेको थियो ।

पछिल्लो पाँच खेलको कुरा गर्ने हो भने गुजरातले दुई राउण्डमा मात्रै जित हात पारेको थियो भने राजस्थानले पनि दुई खेल मात्र जित्न सकेको छ । अर्थात् यी दुईबीच रोचक भिडन्त हुनेछ । दुवै टोली फाइनल पुग्ने लक्ष्यमा हुनेछन् ।

गुजरातको कुरा गर्ने हो भने हार्दिक पाण्ड्या र शुभमन गिल दुवैले ४०० भन्दा बढी रन बनाएका छन् । तर, गिल पछिल्ला दुई खेलमा असफल भएका छन् । दुवै ब्याट्सम्यानले ४–४ अर्धशतक पनि बनाएका छन् । अर्कोतर्फ ऋद्धिमान साहाले नौ खेलमा तीन अर्धशतक बनाएर आफूलाई प्रमाणित गरेका छन् ।

डेभिड मिलरले ५४ को औसतमा ३८१ रन बनाएका छन् । तल्लोक्रममा राहुल तेवाटिया र राशिद खानले पनि रन जोड्न सक्छन् । तेवातियाको स्ट्राइक रेट १४८ छ भने राशिदको स्ट्राइक रेट २०७ रहेको छ ।

यसैगरी, राजस्थान रोयल्सले आईपीएल २०२२ मा सर्वाधिक रन बनाउने जोस बटलरबाट धेरै आशा राख्नेछ । उनले अहिलेसम्म तीन शतक र तीन अर्धशतकको सहयोगमा ६२९ रन बनाएका छन् । यद्यपि, उनले पछिल्ला पाँच खेलमा भने एक पनि अर्धशतक बनाउन सकेका छैनन् । सञ्जु सैमसन र देवदत्त पडिक्कलले ३ सयभन्दा बढी रन बनाएका छन् । यशस्वी जैसवाल, आर अश्विन र शिमरोन हेटमायरले पनि ब्याटिङमा राम्रो प्रदर्शन गरेका छन् ।

गुजरात सम्भावित – ११ः
ऋद्धिमान साहा (विकेटकीपर), शुभमन गिल, म्याथ्यू वेड, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, आर साई किशोर, लोकी फर्गुसन, यश दयाल, मोहम्मद शामी ।

राजस्थान सम्भावित – ११
यशस्वी जैसवाल, जोस बटलर, सञ्जु सैमसन (कप्तान एवं विकेटकीपर), देवदत्त पडिक्कल, शिमरोन हेटमायर, रियान पराग, रविचन्द्रन अश्विन, ट्रेन्ट बोल्ट, प्रसिद्ध कृष्णा, युजवेन्द्र चहल, ओबेद म्याकोय ।

क्वालिफायर–१ मा हार्ने टोलीले एलिमिनेटरमा जित्ने टोलीसँग क्वालिफायर–२ खेल्नेछ । जित्ने टोली सिधै फाइनलमा पुग्नेछ ।




भर्खरै