७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री आले र कोलम्बियाका लागि नेपालका राजदुत श्रेष्ठबीच छलफल



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा कोलम्यिाका लागि नेपालका अवैतनिक राजदुत विनय श्रेष्ठबीच आज मन्त्रालयमा पर्यटन प्रबद्धन तथा विकासका विषयमा छलफल भएको छ । उक्त छलफलका क्रममा नेपाल तथा कोलम्बियाकाबीचमा पर्यटयन प्रबद्धन तथा विकास कसरी गर्ने भन्ने विषयमा छलफल भएको अवैतनिक राजदुत श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालबाट कोलम्बिया र कोलम्बियाबाट नेपालमा कसरी पर्यटकहरु भित्रयाउने तथा त्यसका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।”पर्यटन विकासका लागि कोलम्बियाले के गर्न सक्ने र नेपालबाट के सहयोग हुन्छ भन्ने विषयमा छलफल गरीएको अवैतनिक राजदुत श्रेष्ठले जानकारी दिनुभयो ।

सोही भेटवार्ता तथा छलफलका क्रममा सन् २०२३ सम्ममा कोलम्बिया र नेपालकाबीच उच्च स्तरीय भ्रमण टोली बनाइ दुइ देशमा रहेका पर्यटकिय क्षेत्र अवलोकन तथा भ्रमण गराउने भन्ने विषयमा छलफल भएको राजदुत श्रेष्ठले बताउनुभयो । सोही छलफलका क्रममा नेपालमा पर्यटकहरु पठाउन तथा यहाँ रहेका पर्यटकिय क्षेत्रहरुको आफ्ना देशमा प्रचार प्रसार गर्न कोलम्बिया सरकार इच्छुक रहेको समेत राजदुत श्रेष्ठले जानकारी दिनुभयो ।

सोही भेटवार्ता तथा छलफलका क्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रबद्धन तथा विकासका विषयमा आफ्ना क्षेत्रबाट गर्न सकिने सबै सहयोग गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल शान्तिका दुत भगवान गौतम बुद्ध जन्मेको देश हो, यहाँ हजारौँ बौद्ध धर्माबलम्बिहरु रहेका छन्, कोलम्बियामा पनि बौद्ध धर्माबलम्बिहरु रहेकाले त्यहाँका बौद्ध धर्माबलम्बिहरु नेपाल भित्रयाउन सके यहाँको पर्यटन प्रबद्धन तथा विकासका लागि निकै सहयोग मिल्छ ।”