१४ आश्विन २०८१, सोमबार
,
Latest
शिवपुरीमा हायस गाडी दुर्घटना मधेस प्रदेशमा बाढीवाट ६ जनाको मृत्यु, ५६ लाखको क्षति लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु आईपीएलमा बिक्रि भएका विदेशी खेलाडीले प्रतियोगिता नखेले २ वर्षसम्म प्रतिबन्ध लगाइने सिधाकुरा प्रकरणमा सर्वोच्चको आदेश बारे पत्रकार महासंघको यस्तो छ दृष्टिकोण खोलाले बगाएका चौधरीको शव भेटियो फसेका दुई अन्तरिक्षयात्री लिन गएको यान अन्तरिक्ष स्टेशनमा जोडियो बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित साहासिक उद्दारकर्ता चणिकलाललाई बागमती सरकारले डेढलाख नगदसहित सम्मान गर्ने एनपिएलः सुदूरपश्चिमको लोगो र नाम सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सुनुवाई समितिद्वारा प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रश्तावित द्वय राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।

मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रश्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रश्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो ।

सरकारद्वारा प्रश्तावित द्व राजदुत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रश्तावित द्व राजदुत मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदुतको नाम अनुमोदन गरेको बताउनु भयो ।

सभापति कर्णले भन्नुभयो, ‘हामीले लामो समयदेखि २० जना प्रश्तावित राजदुतहरुको सुनुवाई गरिरहेका थियौँ । समितिले दिनरात नभनि काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रुपबाट छलफल गरेका छौँ । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा. रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदुतलाई सर्वसम्मतले अनुमोदन गरेका छौँ ।’

समिति सभापति कर्णले सरकारद्वारा प्रश्तावित द्वय राजदुत मिश्र र रायबिरुद्ध परेका उजुरीहरुको बारेमा गहन छलफल गरेर अनुमोदन गरेको बताउनु भयो ।