• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित



फाईल फोटो

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेका लागि बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।

सङ्घीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीअनुसार ‘राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने’ कार्यक्रम तय भएको छ ।

जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।