११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा नेपालका परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन, विरोध गर्ने वडाध्यक्ष प्रहरी हिरासतमा



अ+ अ-

काठमाडौँ । धादिङको धुनिबेँसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको छ ।

स्थानीयवासीको विरोधका बाबजुद प्रहरीको सुरक्षामा बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको हो । स्थानीयवासीले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर विसर्जन गर्न सुरु गरेको बताएका छन् । बन्चरेडाँडामा फोहोर नफ्याल्न भन्दै आन्दोलित स्थानीयवासीको नेतृत्व गरेका त्यहाँका वडाध्यक्ष मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभागका अनुसार मंगलबार बिहान ९० वटा गाडीले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर विसर्जन गरिएको हो ।

बन्चरेडाँडामा रहेको सो ल्यान्डफिट साइट सहरी विकास मन्त्रालयले बनाएको हो र यो साइटमा पहिलोपटक फोहोर विसर्जन गरिएको हो । काठमाडौँ महानगरपालिकाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको समन्वयमा बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको बताएको छ ।

हालकै अवस्थामा फोहोर विसर्जन गर्न नहुनेभन्दा स्थानीयवासीले विभिन्न माग राखेका थिए । यद्यपि सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो ।

सिसडोलमा रहेको ल्यान्डफिल साइटमा फोहोरले भरिएपछि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन हुन सकेको थिएन । त्यसैले विगत केही दिनदेखि काठमाडौँका गल्ली र सडकहरुमा फोहोर डुङ्गुर देखिन्थ्यो ।

सिसडोल हुँदै बन्चरेडाँडा पुग्नुपर्छ । सो बाटो अझै राम्ररी तयार नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर विसर्जन सुरु गरिएको छ ।