५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन, विरोध गर्ने वडाध्यक्ष प्रहरी हिरासतमा



अ+ अ-

काठमाडौँ । धादिङको धुनिबेँसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको छ ।

स्थानीयवासीको विरोधका बाबजुद प्रहरीको सुरक्षामा बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको हो । स्थानीयवासीले भने आफूहरुसँग समन्वय नगरेको र आफ्ना माग सम्बोधन नगरी फोहोर विसर्जन गर्न सुरु गरेको बताएका छन् । बन्चरेडाँडामा फोहोर नफ्याल्न भन्दै आन्दोलित स्थानीयवासीको नेतृत्व गरेका त्यहाँका वडाध्यक्ष मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभागका अनुसार मंगलबार बिहान ९० वटा गाडीले बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटको सेल–१ मा फोहोर विसर्जन गरिएको हो ।

बन्चरेडाँडामा रहेको सो ल्यान्डफिट साइट सहरी विकास मन्त्रालयले बनाएको हो र यो साइटमा पहिलोपटक फोहोर विसर्जन गरिएको हो । काठमाडौँ महानगरपालिकाले सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको समन्वयमा बन्चरेडाँडामा फोहोर विसर्जन सुरु भएको बताएको छ ।

हालकै अवस्थामा फोहोर विसर्जन गर्न नहुनेभन्दा स्थानीयवासीले विभिन्न माग राखेका थिए । यद्यपि सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो ।

सिसडोलमा रहेको ल्यान्डफिल साइटमा फोहोरले भरिएपछि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन हुन सकेको थिएन । त्यसैले विगत केही दिनदेखि काठमाडौँका गल्ली र सडकहरुमा फोहोर डुङ्गुर देखिन्थ्यो ।

सिसडोल हुँदै बन्चरेडाँडा पुग्नुपर्छ । सो बाटो अझै राम्ररी तयार नभएकाले तत्कालका लागि ग्राभेल गरेर फोहोर विसर्जन सुरु गरिएको छ ।