१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्य सम्पादन समितिको बैठक जेठ १३ गते



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को यही जेठ १३ गते कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षाका साथै समसामयिक विषयमा छलफल हुने उक्त बैठकमा प्रदेश प्रमुखले आफ्नो क्षेत्रका उम्मेदवारलाई सफल बनाउन गरेका प्रयासबारे जानकारी गराउने महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो ।

महामन्त्री पाठकको संयोजकत्वमा गठन गरिएको निर्वाचन परिचालन समितिको आज बसेको बैठकले मतदाता र उम्मेदवारलाई धन्यवाद तथा स्थानीय तहको निर्वाचनमा विजेतालाई बधाई ज्ञापन गरेको छ । बैठकले निर्वाचनमा जनताको सहभागिता उत्साहजकनक भएको र पार्टीले प्राप्त गरेको सफलता सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

राप्रपाबाट तीन नगरपालिका प्रमुख, नगरपालिका र गाउँपालिकामा चार उपप्रमुख, ६४ वडाध्यक्ष र ३०० भन्दा बढी सदस्य निर्वाचित भएका छन् । निर्वाचनमा पार्टीले झण्डै १० प्रतिशत महिला उम्मेदवार उठाएको थियो ।