९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित

निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद

निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद
अ अ+ अ-

काठमाडौं । सरकारले विश्व बैंकबाट २७५ मिलियन अमेरिकी डलर ऋण सहायता लिनेबारे वार्ता टोली गठन गर्ने भएको छ ।

सोमवार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सकरारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंकबाट यातायात तथा व्यापार अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने करिव ३३ अर्ब रुपैयाँ ऋण साहयता लिनेबारे वार्ता टोली गठन गर्ने निर्णय गरेको बताउनुभएको हो ।

उहाँले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनःएकीकरण आयोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन डलर अर्थात् करिव ८६ करोड १३ लाख नोपली रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको भएको पनि बताउनु भयो । प्रवक्ता कार्कीका अनुसार सरकारले २०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना युएन स्क्यापको ७८ औं सत्रमा सहभागि हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने निर्णय गरको छ , त्यस्तै नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृती दिने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले सशस्त्र प्रहरी नायव महानिरिक्षक नारायनदत्त पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा गरेको बताउनु भयो । उहाँका अनुसार सरकारले नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले २०७९ जेठ १८ मा नर्वे र जेठ १९ फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रको बैठकहरुमा भाग लिनका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय गरेको छ । प्रवक्ता कार्कीले स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने र नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११ औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

प्रवक्ता कार्कीले भन्नुभयो,‘२०७९ वैशाख ३० गते मुलुकभरका स्थानीय तहको निर्वाचन एकै चरणमा सफलता पूर्वक सम्पन्न गरेकोमा निर्वाचन आयोग एवम् आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण मतदाता,राजनीतिक दल,राष्ट्रसेवक कर्मचारी,सुरक्षा निकाय,सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा सञ्चारकर्मी,नागरिक समाज लगायत निर्वाचन कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनु हुने सबैलाई नेपाल सरकारको तर्फबाट हार्दिक धन्यवाद दिने ।

२०७९ जेठ ९ गतेदेखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युएन स्क्यापको ७८ औं सत्रमा सहभागी हुन राष्ट्रिय योजना आयोगका सदस्य डा.दिलबहादुर गुरुङको प्रतिनिधि मण्डललाई स्वीकृत प्रदान गर्ने ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुको पुनः एकीकरण आयोजनाका लागि स्वीजरल्याण्ड सरकारबाट प्राप्त हुने ६.८ मिलियन करिव ८६ करोड १३ लाख अनुदान सहायता स्वीकार गर्ने ।

विश्व बैंकबाट यातायात तथा व्यापार आवद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर करिव ३३ अर्ब ऋण साहयता सम्बन्धमा वार्ता टोली गठन गर्ने ।

नेपाल राष्ट्र बैंकको नोट धुल्याउने नियमावली २०७९ बनाउन स्वीकृत प्रदान गर्ने

सशस्त्र प्रहरी नायव महानिरिक्षक श्री नारायनदत्त पौडेललाई सशस्त्र प्रहरीबल, नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा बढुवा नियुक्ति गर्ने ।

प्रहरी नायव महानिरिक्षक वसन्तकुमार लामालाई नेपाल प्रहरीको, जनपथ प्रहरीको, समुहको प्रहरी अतिरिक्त प्रहरी महानिरिक्षक पदमा बढुवा गर्ने ।

स्टक होम प्लस ५० इन्टर नेशनल मिटिङ स्टक होम कन्भेन्सनमा माननीय परराष्ट्र मन्त्रीको नेतृत्वमा नेपालले प्रतिनिधित्व गर्ने ।

मिति २०७९ जेठ १८ मा नर्वे र जेठ १९ मा फिनल्याण्डसँग हुने त्रिपक्षीय परामर्श संयन्त्रका बैठकहरुमा भाग लिन जानका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने ।

कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत दिने ।

वन नियमावली २०७९ स्वीकृत गर्ने ।

सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

नेपाल स्वास्थ्य सेवा जनरल हेल्थ सेवा सर्भिस अधिकृत ११औं तह प्रमुख मेडिकल पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।’

सरकारले कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका अन्तर्गतको जग्गा नापजाँच सम्बन्धि गठन आदेश २०७८ स्वीकृत गरेको छ । त्यस्तै सरकारले वन नियमावली २०७९ स्वीकृत गरेको छ भने सुर्खेत भेरीगंगा रामघाट विमानस्थल निर्माणका लागि सौद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।