९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया

कर्णालीमा कस्ले कति स्थान गुमायो कस्ले बढायो ?

कर्णालीमा कस्ले कति स्थान गुमायो कस्ले बढायो ?
अ अ+ अ-

जाजरकोट । स्थानीय तहको निर्वाचनको मतपरिणमाले कर्णाली प्रदेशमा दलहरुको कुनै ठाउँमा प्रभाव खस्किएको छ भने कत्तै बढेको पाइएको छ । प्राप्त मतपरिणामअनुसार कांग्रेस पहिलोमा, नेकपा (माओवादी केन्द्र) दोस्रोमा र नेकपा एमाले तेस्रो स्थानमा पुगेका छन् भने केही स्वतन्त्र उम्मेदवार पनि विजय हात पारेका छन् ।

नेपाली कांग्रेसले स्थानीय तहको चुनावलाई भरपुर सदुपयोग गरेको पाइएको छ । डोल्पामा प्रभाव नभएको कांग्रेसले अहिले ठूलीभेरी नगरपालिका जितेको छ । जाजरकोटमा दुई पालिकामा मात्र सीमित कांग्रेस अहिले तीन पालिकामा फराकिलो भएको छ । अघिल्लो चुनावमा रुकुम पश्चिममा एक पालिका नजितेको कांग्रेसले अहिले दुई पालिकामा जित हात पारेको छ । विसं २०७४ मा २४ पालिकामा मात्र जितेको कांग्रेसले अहिले ३२ पालिकामा जित हात पारेको छ । रूकुम पश्चिमका दुई, सुर्खेतका चार, जाजरकोटका तीन, हुम्लाका तीन, कालिकोटका दुई, जुम्लाका पाँच, मुगुका दुई, डोल्पाका एक, सल्यानका पाँच र दैलेखका पाँच पालिकाको नेतृत्व लिन कांग्रेस सफल भएको हो ।

यस प्रदेशमा नेपाली कांग्रेसबाट प्रमुखमा १२, अध्यक्षमा २०, उपप्रमुखमा १०, उपाध्यक्षमा १७, वडाध्यक्षमा २५३, महिला सदस्यमा २५३, दलित महिला सदस्यमा २१७, वडा सदस्यमा ४६८ गरी कूल एक हजार २५० उम्मेदवार निर्वाचित भएका हुन् । माओवादी केन्द्रले पहिला प्रभाव रहेका पालिकामा अहिले हार व्यहोर्नु परेको छ । जुम्लाको गुठीचौर, जाजरकोटको जुनिचाँदे, रुकुम पश्चिको बाँफीकोट, मुसिकोट लगायतस्थानमा हार व्यहोर्नु परेको हो ।

विसं २०७४ मा २६ पालिकामा जितेको माओवादीले अहिले तीन पालिकामा प्रभाव गुमाएर २३ स्थानमै चित्त बुझाउनु परेको छ । उक्त दलले रूकुम पश्चिमका चार, सुर्खेतका एक, दैलेखका दुई, जाजरकोटका एक, हुम्लाका तीन, कालिकोटका पाँच, जुम्लाका दुई, मुगुका एक, डोल्पाका दुई र सल्यानका दुई पालिकाको नेतृत्व लिएको हो । विसं २०७४ को निर्वाचनमा एउटा पनि पालिका नजितेको माओवादीले यसपटक दैलेखमा दुई र सुर्खेतमा एक पालिकामा विजय हासिल गरेको छ । उक्त दलबाट पाँच प्रमुख, १८ अध्यक्ष, पाँच उपप्रमुख, २० उपाध्यक्ष, २२३ वडाध्यक्ष, २१५ महिला सदस्य, २२२ दलित महिला सदस्य, ४१५ वडासदस्य गरी कूल एक हजार १२३ उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा ९एमाले०बाट छ प्रमुख, नौ अध्यक्ष, आठ उपप्रमुख, १२ उपाध्यक्ष, १८४ वडाध्यक्ष, १९१ महिला सदस्य, १९२ दलित महिला सदस्य, ४३५ वडासदस्य गरी कूल एक हजार ३७ उम्मेदवार निर्वाचित भएका छन् ।निर्वाचन मतपरिणम अनुसार नेकपा एमालेलाई सबैभन्दा ठूलो क्षति भएको छ । विसं २०७४ को निर्वाचनमा २६ पालिकाको नेतृत्व लिएर पहिलो दल बनेको एमाले यसपटक तेस्रो स्थानमा खुम्चिएको छ । एमालेले कर्णालीका कालिकोट, हुम्ला, मुगु, जुम्ला र रुकुम पश्चिमका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन तर सुर्खेतका चार, दैलेखका चार, जाजरकोटका तीन, डोल्पाका दुई र सल्यानका दुई पालिकाको मात्र नेतृत्व पाएको छ ।

नेकपा ९एकीकृत समाजवादी०ले डोल्पाका दुई, मुगु र सल्यानका एक÷एक पालिकाको नेतृत्व पाएको छ । उक्त दलबाट चारअध्यक्ष, दुई उपप्रमुख, चार उपाध्यक्ष, २९वडाध्यक्ष, ३८ महिला सदस्य, २८ दलित महिला सदस्य र ७४ वडासदस्य गरी कूल १७९ उम्मेदवार निर्वाचित भएका छन् । नेपाल मजदूर किसान पार्टीबाट सात वडाध्यक्ष, सात महिला सदस्य, छ दलित महिला सदस्य, ११ वडासदस्य गरी कूल ३१ उम्मेदवार निर्वाचित भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक वडाध्यक्ष, दुई महिला सदस्य, एक दलित महिला सदस्य, वडा सदस्य सात गरी कूल ११ उम्मेदवार निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा हुम्लाको चङ्खेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । विसं २०७४ को निर्वाचनमा सल्यानमा एक र डोल्पाका तीन पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए ।

यो पटक स्वतन्त्रबाट प्रमुख पदमा दुई, अध्यक्षमा तीन, उपाध्यक्षमा एक, वडाध्यक्षमा २०, महिला सदस्यमा नौ, दलित महिला सदस्यमा १०, वडा सदस्यमा २३ गरी कूल ६८ उम्मेदवार निर्वाचित भएका छन् ।

यस प्रदेशका प्रमुख पदमा २५, अध्यक्षमा ५४, उपप्रमुखमा २५, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ७१७, महिला सदस्यमा ७१६, दलित महिला सदस्यमा ६७७, वडा सदस्यमा एक हजार ४३३ गरी कूल तीन हजार ७०१ उम्मेदवार निर्वाचित भएका छन् । रासस