१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुद्धोधनको अध्यक्षमा लोसपा, उपाध्यक्षमा माओवादी केन्द्र



अ+ अ-

रुपन्देही । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र_ विजयी भएको छ ।

गाउँपालिकाका अध्यक्षमा लोसपाका कमलेश शरण चौधरी र उपाध्यक्षमा होमप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले चार हजार ४८१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका निसार अहमद खाँले चार हजार १८२ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा निर्वाचित चौधरीले पाँच हजार १०३ मत पाउँदा उहाँका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका चाँदनी चौधरीले तीन हजार २२३ मत प्राप्त गर्नुभयो ।

शुद्धोधन गाउँपालिकाका ६ वडामध्ये नेपाली कांग्रेस तीन, लोकतान्त्रिक समाजवादी पार्टी दुई र माओवादी केन्द्र एउटा वडामा जितेको छ ।