१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई पौडेल पक्षले ‘मन्त्रिपरिषद्‌मा हाम्रो समूहको भाग कति ?’ भनेर प्रश्न उठाएपछि…



file
अ+ अ-

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद्‌मा आफ्नो समूहले पाउने भागबन्डाबारे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रश्न उठाएको छ । 

देउवाले सत्ता गठबन्धनमा मात्रै छलफल गरेर आफ्नो भागको परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि सो पक्ष रुष्ट बनेको छ ।  

आज (बुधबार) दिउँसो महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको सो समूहको बैठकले आफ्नो समूहको सहभागिताका विषयमा प्रश्न उठाएको हो ।