२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैनिक कारबाहीमा कम्तीमा ३० आतंककारी मारिए



अ+ अ-

आउगादगु । बुर्किनाफासोको उत्तरी क्षेत्रमा अवस्थित बाम प्रान्तमा भएको सैनिक कारबाहीमा परेर कम्तीमा पनि ३० जना आतंककारी मारिएका छन् ।सो क्षेत्रमा आतंककारीहरुका बिरुद्धमा यहाँको सेनाले केही दिनयता देखि कारबाही सुरु गरेको थियो ।

शनिबार बिहान भएको सो कारबाहीमा परेर ३० जना आतंककारी मारिएका बुर्किनाफासोको सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यहाँ अवस्थित सैनिक क्याम्पमा ठूलो संख्याका हतियारधारीले हमला गरेका थिए । त्यसका विरुद्धमा गरिएको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हतियारधारी मारिएको बताइएको छ । त्यस क्रममा पाँच जना सैनिक पनि मारिएको सो विज्ञप्तिमा जनाइएको छ । साथै उक्त कारबाहीका क्रममा अरु १० जना सैनिक तथा आतंककारीहरु घाइते पनि भएका छन् । सो क्षेत्रमा खोजी तथा कारबाही जारी रहेको बताइएको छ । उक्त क्षेत्रमा आतंककारीहरुको खोजी कार्यलाई यहाँको सेनाले थप सशक्त बनाउने जनाएको छ ।