६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय, उपराष्ट्रपतिले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन मिति तय भएको छ । आगामी २२ गते महासंघको चौथौ साधारणसभा र दोस्रो महाधिवेशन हुने भएको हो । २२ गते दिउसो होटल एभरेष्टमा हुने महाधिवेशन उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने तय भएको महासंघका उपाध्यक्ष तथा महाधिवेसन आयोजक समितिका संयोजक गोविन्द कार्कीले जानकारी दिनुभयो । 

उहाँका अनुसार उद्घाटन शत्रमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लगायत सरकारका अन्य उच्च अधिकारीहरुको समेत उपस्थिति हुने भएको छ । गत वर्ष नै हुनुपर्ने महासंघको केन्द्रीय महाधिवेशन कोरोना भाइरसको त्रासका कारण केही पर धकेलिएको थियो ।

महासंघका अध्यक्ष नरेश कटुवालको कार्यकाल समेत पुरा भएकाले महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गरिनेछ । सकेसम्म सहमतिबाटै र नभए निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व तय गर्ने महासंघको तयारी छ ।