१४ भाद्र २०८३, आईतवार
,
Latest
भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार भोटेकोशी–त्रिशूली बाढी प्रभावितको कल्याणका लागि पशुपतिमा महारुद्री र गुह्येश्वरीमा चण्डीपाठ बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी विजयी



अ+ अ-

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा केकपा (माओवादी केन्द्र)विजयी भएको छ । नेकपा (एमाले)का अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी हुनुभयो । राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहनुभएका अनिलले ४०९४ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी हुनुभएको छ । साहले ३३३० मत ल्याउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)की अनिता कुमारीले २७९७ मत प्राप्त गर्नुभएको छ ।

सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी
सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्र्रमुखमा निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले चारहजार ०७६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादीकी खातुनले चार हजार ६९९ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले तीन हजार ६०४ मत प्राप्त गर्नुभयो ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेपाली कांग्रेसकी पाण्डेले तीन हजार २८३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो ।

धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस

धनुषाको हंसपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रदीप यादवले चार हजार ४०९ मतका साथ विजयी हुनुभकामा निकटतम प्रतिस्पर्धी लोसपा पूर्वप्रमुख रामज्ञान मण्डलले दुईहजार ८१५ मत प्राप्त गर्नुभयो ।उपप्रमुखमा पनि कांग्रेसकी दुर्गा देवी चार हजार ४६५ मत ल्याएर विजयी हुनुभएकामा निकटतम प्रतिद्वन्द्वी लोसपाकी दिपिका क्षेत्रीले २९०३ मत प्राप्त गर्नुभयो ।