२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान News Polar पार्टीभित्रको गुटबन्दी अन्त्य गरी जनजीविकाका मुद्दामा केन्द्रित हुन्छौँः उपसभापति भुसाल News Polar एमाले केन्द्रीय कमिटीका दश मनोनीत News Polar इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँः काँग्रेस सभापति थापा News Polar एमाले स्थायी कमिटीद्वारा १० प्रतिशत मनोनयन टुङ्गो, सैद्धान्तिक तथा वैचारिक कार्यदिशाबारे चर्चा News Polar महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्ः एमाले सचिव बस्नेत News Polar एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैनः छविलाल विश्वकर्मा News Polar सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ News Polar महासचिव पोखरेलसँग मनमुटावको हल्ला निराधारः एमाले अध्यक्ष ओली News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित-फोटो फिचर

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित-फोटो फिचर
अ अ+ अ-

काठमाडौँ । यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मान गरेको छ ।

२०७८ चैत्र १ गते भर्चुअल रुपमा भएको कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन र प्रथम महिला जिल बाइडेनले श्रेष्ठलाई सम्मानित गर्नुभएको हो ।

शुक्रबार एक समारोहका बीच नागरिक सुरक्षा, लोकतन्त्र तथा मानव अधिकार सम्बन्धी अमेरिकी उपविदेशमन्त्री उजरा जेयाले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने अन्तराष्ट्रिय साहसी महिला पुरस्कार अभियन्ता श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो।

सो अवसरमा विदेशमन्त्री जेयाले भूमिकाले हासिल गर्नुभएका उपलब्धीहरूको कदर गर्नुहुँदै मानव अधिकार र लोकतन्त्रको उत्थानमा वहाँको निरन्तर वकालतको प्रशंसा गर्नुभएको थियो।

अन्तरराष्ट्रिय साहसी महिला पुरस्कारमा नेपाली अभियन्ता भूमिका श्रेष्ठ लगायत संसारभरका १२ जना साहसी लाई सम्मान गरिएको थियो । श्रेष्ठलाई एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित गरेको हो ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार आफ्नो जीवन नै जोखिममा राखेर आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउनका लागि उल्लेखनीय साहर, आँट र नेतृत्व को प्रदर्शन गर्नुहुने महिलाहरूलाई प्रदान गरिन्छ। नेपालले यो पुरस्कार लगातार दोश्रो वर्ष जित्न सफल भएको हो।

यस अघि सन् २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले पनि अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउनु भएको थियो ।