१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित

अभियानकर्मी भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित
अ अ+ अ-

काठमाडौँ । यौनिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठलाई अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मान गरेको छ । नेपाली समय अनुसार सोमबार साँझ भर्चुअल रुपमा भएको कार्यक्रममा अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेन र प्रथम महिला जिल बाइडेनले श्रेष्ठलाई  सम्मानित गर्नुभएको हो ।

अन्तरराष्ट्रिय साहसी महिला पुरस्कारमा नेपाली अभियन्ता भूमिका श्रेष्ठ लगायत संसारभरका १२ जना साहसी लाई सम्मान गरिएको थियो । श्रेष्ठलाई एजीबीटीक्यूआई समुदायको हक अधिकारको लागि गर्नुभएको अथक मेहेनतका लागि  अमेरिकी विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट सम्मानित गरेको हो । यस अघि सन् २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले पनि अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाउनु भएको थियो ।

 यसै बीच प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित हुनुभएकी श्रेष्ठलाई बधाई तथा शुभकामना दिनु भएको छ । प्रधानमन्त्री देउवाले ट्वीट मार्फत उहाँलाई बधाई दिनु भएको हो ।