• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: १९ मध्ये दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास ★   मन्त्रीहरुलाई खल्तीमा राजीनामा लिएर नहिड्न सांसद झाको आग्रह ★   टी–२० विश्वकप: युगान्डाका खेलाडिलाई आएको थियो म्याच फिक्सिङको अफर ★   पर्यटकको पर्खाइमा दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्र ★   प्रतिनिधिसभा बैठक: खर्च कटौतीका १२ प्रस्ताव प्रस्तुत, बजेटमा विभेद् भएको सांसदको गुनासो

पंकजले दिए एन्फा अध्यक्षमा उम्मेदवारी



काठमाडौं । आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले अध्यक्ष पदमा शुक्रबार उम्मेदवारीको घोषणा गर्नु भएको छ ।

नेम्वाङले विभिन्न जिल्लाका सदस्य र केही एन्फा पदाधिकारीको उपस्थितिमा शुक्रबार आयोजित पत्रकार सम्मेलनबाट अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नु भएको हो । उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेम्बाङले बर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले फुटबलको मर्म अनुसार नेपाली फुटबललाई अगाडि बढाउन नसकेको भन्दै फुटबल चलाउने योजना आपूmसँग रहेको भन्दै उम्मेदवारीको घोषणा गरेको बताउनु भयो ।

एन्फाको अहिलेको नेतृत्वले पारदर्शिता र भ्रष्ट्राचारमा शुन्य सहनशीलता विपरित कार्य भइरहेको आरोप लगाउँदै बर्तमान अध्यक्ष असक्षम भएको उहाँले बताउनु भयो । ‘हिजो हामीले भन्ने गरेका थियौं की पारदर्शिता, भ्रष्ट्राचारमा शुन्य सहनशीलता तर त्यसको ठिक विपरित अहिलेको नेतृत्वले काम गरिरहेको छ । परिवर्तनको लागि समूह एकता, आर्थिक पारदर्शिता लगायत मुद्धा उठाएको थियौं । तर त्यो केहि क्षणमै हरायो । चार उपाध्यक्षलाई चार तिर १२ सदस्यलाई १२ तिर पु¥याउँदै बर्तमान अध्यक्षले एकलौटी तरिकाले काम गर्नु भएको छ । हामीले गलत प्रक्रिया भयो भन्दा उहाँ मान्नु भएन । आर्थिक विषयलाई पारदरर्शी तरिकाले काम गर्न आर्थिक नियमावली बनायौं । नियमावली अनुसार हुन सकेन । आर्थिक अनियमितामा चरमा पुग्यो । फिफाले अनेक कम्पनी पठाएर अडिट गरेको छ । नीतिगत हिसाबमा प्रशासनमा भ्रष्टाचार भएको छ । झण्डै तीन करोड रुपैया त्यो फिफाबाट आएको कम्पनीले लगेको छ । हिजो हामी पारदर्शिता भ्रष्टचारमा शुन्य सहनसिलता भनेका थियौं । अब नेपाली फटुबललाई अगाडि बढाउने हो भने हामीले उम्मदवारी दिनुपर्छ । क्लब र एन्फाको साथीहरुको कुरामा उम्मेदवारी दिँदैछौं ।’

यस्तै शुक्रबारकै पत्रकार सम्मेलनमा विरबहादुर खड्काले नेम्बाङलाई सहयोग गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको घोषणा गर्नु भयो । पत्रकार सम्मेलनमा खड्काले आफूलाई खेलाडीहरुले नै चुनावमा उठ्न प्रोत्साहन गरेको भन्दै उम्मेदवारी दिएको बताउनु भयो ।

‘मेरो उम्मेदवारी विगत तीन हप्तादेखि १० राष्ट्रिय खेलाडीको विषयजस्ता कुराहरुका लागि हो । छानविन समितिले प्रतिवेदन बुझाइसकेपछि पनि खेलाडीले दिनहुँ आएर गुनासो गरिरहँदा हामी केही गर्न सकिरहेका छैनौं । खेलाडीले हाम्रो भविष्य के भनेर गुनासो गरिरहँदा अध्यक्ष र महासचिवको त्यसतर्फ ध्यान जान सकेको छैन । एन्फा अध्यक्ष खेलाडी र उपाध्यक्षहरुसँग भेट्न चाहनुभएन । खेलाडीहरुले कर्माछिरिङ शेर्पाले फुटबल चलाउन सक्नुहुन्न अब तपाइहरु आउनुपर्छ भन्नुभयो । त्यसैले म खेलाडीको उम्मेदवार हुँ । बर्तमान अध्यक्षलाई खेलाडीको मतलब छैन । राजनीति नै चाहिने हो भने अब प्रदेश र केन्द्रको चुनाव हुँदैछ । म नेम्वाङको टिमबाट उम्मेदवारी घोषणा गर्दछु ।’

असार ६ गते हुने निर्वाचनका लागि जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन् । एन्फामा ४८ मध्ये ४५ जिल्लासँग मताधिकार रहेको छ भने यस्तै बी डिभिजनबाट ११ क्लब, ४ संघ, राष्ट्रिय लिगका लागि छनोट भएका ४ क्लब, ए डिभिजनका १४ र सी डिभिजनका नौं क्लबसँग मताधिकार रहेको छ ।