• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी



सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुनुभएको छ ।

उहाँले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का प्रेमकला शाहीले एक हजार ३७२ मत प्राप्त गरी जित हहासिल गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसको मैना बुढा एक हजार १७३ मत प्राप्त गर्नुभएको छ ।

चङ्खेलीको वडा नं १ मा एमालेका गोविन्द बोहरा, २ मा कांग्रेसका विर्ख सिंह, ३ मा माओवादीका भारमल बुढा, ४, ५ र ६ मा स्वतन्त्र उम्मेदवारत्रय पदमबहादुर शाही, हर्कधन तामाङ र जयबहादुर सिरा वडाध्यक्षमा विजयी हुनुभएको छ ।