५ श्रावण २०८३, मंगलवार
,
Latest
निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार विजयी



अ+ अ-

सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित हुनुभएको छ ।

उहाँले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गोविन्दबहादुर शाही गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हुनुहुन्थ्यो ।

यस्तै उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का प्रेमकला शाहीले एक हजार ३७२ मत प्राप्त गरी जित हहासिल गर्नुभएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसको मैना बुढा एक हजार १७३ मत प्राप्त गर्नुभएको छ ।

चङ्खेलीको वडा नं १ मा एमालेका गोविन्द बोहरा, २ मा कांग्रेसका विर्ख सिंह, ३ मा माओवादीका भारमल बुढा, ४, ५ र ६ मा स्वतन्त्र उम्मेदवारत्रय पदमबहादुर शाही, हर्कधन तामाङ र जयबहादुर सिरा वडाध्यक्षमा विजयी हुनुभएको छ ।




भर्खरै