१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.88

Wind: 5.14

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै



अ+ अ-

सोल । दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ ।

यहाँ यसअघि दैनिक लाखौँ जना कोरोनाका संक्रमित देखिएकामा पछिल्ला केही हप्तायता भने घट्दै गएको पाइएको हो ।यहाँ बिहीबार २५ हजार १३५ जनामा संक्रमण देखिएको पाइएको छ । यहाँ अघिल्लो दिनका तुलनामा संक्रमितहरु घटेका हुन् ।

बुधबार मात्र यहाँ २८ हजार भन्दा बढी संक्रमित भेटिएका थिए । त्यस्तै यस हप्ताको सुरुमा ३२ हजार जना भन्दा बढी संक्रमित भेटिएका थिए । दक्षिण कोरियाका अधिकारीहरुले पहिलेका तुलनामा पछिल्ला दिनहरुमा यहाँ संक्रमितको संख्या थोरै भए पनि घट्दै गएको पाइएको बताएका छन् ।

यसैसँगै कूल संक्रमितको संख्या १ करोड ७९ लाखभन्दा बढी पुगेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । यहाँ अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ । त्यस्तै कोरोना भाइरसको संक्रमणका कारण हुने मृत्यु दर पनि यहाँ कम रहेको छ ।