६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोल्न सुरु गर्नुहोस्, प्रतिरोध गर्न सुरु गर्नुहोस् !



अ+ अ-

प्रिय सबै,

मलाई थाहा छ, हामी सबैले त्यो भिडियो हेरेका छौं जहाँ एक मोडलले आफूले भोगेका धेरै दुर्व्यवहारहरुको अनुभव साझा गर्नुभएको छ। हामी सबै त्यो भिडियोले गर्दा स्तब्ध छौं, भित्रैसम्म हल्लिएका छौं। हामी रिसाएका छौं, निराश छौं।

यो पनि पढ्नुहोस – बालुवाटारमा बलात्कार पीडितलाई न्‍याय माग्दै धर्ना

तर यो हाम्रो बारेमा पनि हो। हामी के गर्ने वाला छौ ? तपाईं के गर्न जाँदै हुनुहुन्छ ? यो सबैमा तपाईको भूमिका के छ। प्रश्न गरौं !!!

पहिले, आवाज उठाउनुहोस्, सामाजिक सञ्जाल प्रयोग गर्नुहोस्, आफ्नो परिवारसँग कुरा गर्नुहोस्, आफ्ना सहकर्मीहरूसँग यो घटनाको बारेमा कुरा गर्नुहोस्र छलफल गर्नुहोस्। यस्तै अन्य मुद्दाको बारेमा नि बोल्नुहोस्, कुरा गर्नुहोस् ।

हामी सबैलाई थाहा छ कि, यस्ता सयौं केसहरू छन्। यसर्थ, सतर्क रहनुहोस्। परिवार, समुदाय र कार्यस्थलमा आफ्नो वरपरका मानिसहरूको दुर्व्यवहारको संकेत र घटनाहरुप्रति सचेत र संवेदनशील बन्नुहोस्।

यदि तपाईं आमाबाबु हुनुहुन्छ भने, आफ्ना बच्चाहरूसँग कुरा गर्नुहोस्। पहिले आफ्ना बच्चाहरुसँग उनीहरुको शारिरिक र भावनात्मक सुरक्षाको बारेमा कसरी कुरा गर्न सकिन्छ भनेर सिक्नुहोस्। त्यसपछि उनीहरुलाई राम्रो स्पर्श (राम्रो छुवाइ) र खराब स्पर्श (नराम्रो छुवाइ) बीचको भिन्नता छुट्याउन सिकाउनुहोस्। उनीहरुलाई दुर्व्यवहारमा पर्दा गर्न सकिने प्रतिरोधी रणनीतिहरू ( फाइटिङ ब्याक टेक्निस्) हरु सिकाउनुहोस्।

उनीहरूलाई भन्नुहोस् कि तपाइँ उनीहरुको कुरा सुन्न र बुझ्न सधैं हुनुहुन्छ। तपाईं उनीहरुको साथमा सधै हुनुहुन्छ। दुर्व्यवहार हुँदै गर्दा वरपरको मौनताले अपराधीहरूलाई हौसला दिने काम गर्छ। हामीले यो मौनता तोड्न आवश्यक छ र हामीले यसलाई हरेक ठाउँमा हाम्रो दैनिक कुराकानीको हिस्सा बनाउन आवश्यक छ।

अब तपाईं सोच्नुहोस्आ-फ्नो परिवार, समुदाय र कार्यस्थलमा सबैका लागि सुरक्षित र सम्मानजनक छ भनी सुनिश्चितर सुनिश्चित बनाउन तपाईंको भूमिका के छ ?

जो कामकाजी हुनुहुन्छ तपाईंहरु कोही अरु मान्छे अन्यत्रबाट आएर तपाईंलाई विषाक्त कार्यस्थलबाट बचाउने प्रतीक्षा नगर्नुहोस्। तपाईंको कार्यस्थलमा तपाईं असुरक्षित महसुस गर्नुहुन्छ भने वार्तालाप सुरु गर्नुहोस्, सहयोग फारम भर्नुहोस्, कार्यशालाहरू राख्नुहोस्, तालिमहरू गराउनुस्, छलफलहरू राख्नुहोस्, केही न केहि त गर्नुहोस् किनकि कुराकानी सबै कुराको सुरुवात हो। बोल्न सुरु गर्नुहोस्, प्रतिरोध गर्न सुरु गर्नुहोस्।

-एलिसा एकलासको सहयोगमा