२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले



अ+ अ-

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी हुनुभएको छ ।

भण्डारी १४ हजार ५० र उपप्रमुखमा बञ्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका छवि लाल हुमागाईले १० हजार ३८८ मत प्राप्त गर्नुभएको छ ।

पनौती नगरपालिकाको प्रमुखको निकटतम प्रतिस्पर्धी न्यौपाने र उपप्रमुखमा निर्वाचित बञ्जारा २०७४ सालको निर्वाचनमा उपप्रमुखमा निर्वाचित हुनुहुन्थ्यो । वडा नं १ मा कांग्रेसका जयकुमार तामाङ, २ मा एमालेका पुरुषोत्तम अधिकारी, ३ मा एमालेका विष्णुप्रसाद सापकोटा, ४ मा एमालेकै दीपकप्रसाद दाहाल, ५ मा कांग्रेसका विनोद खत्री, ६ मा एमालेका भीमप्रसाद आचार्य र वडा नं ७ मा एमालेकै सविन ताम्राकार विजयी हुनुभएको छ ।

त्यसैगरी वडा नं ८ मा एमालेका वेदप्रसाद बञ्जारा, ९ मा कांग्रेसका सहकुलकुमार हुमागाई, १० मा मोहनबहादुर भण्डारी, ११ मा एमालेका विपेन्द्र लामा र वडा नं १२ मा एकीकृत समाजवादीका जयराम केसी विजयी हुनुभएको छ । रासस