६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप ३१ हजार ९२३ जना कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या  ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । 

सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख एक हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको बताइएको छ । 

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.९० प्रतिशत भएको जनाइएको छ । सन् २०२० को मार्च  महिनापछि अहिले सक्रिय सङ्क्रमितको यो संख्या सवभन्दा कम हो । 

 पछिल्लो २४ घण्टामा  ३१ हजार ९९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म चार लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।  

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख  ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्  । (रासस÷एएनआई)