• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

धनुषाको कमला नगरपालिकामा प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी



Nepali Congress

धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित हुनुभएको छ ।

प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई एक हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

निर्वाचित विशेश्वरले तीन हजार ८८७ मत पाउँदा पशुपतिले दुई हजार ८५९ मत मात्र प्राप्त गर्नुभयो । उपप्रमुखमा पनि कांग्रेसकै उम्मेदवार शिलादेवी मण्डल तीन हजार ८८७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाकी पुनिता कुमारीले दुई हजार ७६६ मत मात्र ल्याउनुभयो ।