२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजु लामा सगरमाथा आरोहण गरेर फर्किए



अ+ अ-

काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेर गायक राजु लामा काठमाडौँ फर्किएका छन्। यही जेठ २ गते गायक लामासहित २७ जनाको आरोही टोली सगरमाथाको शिखरमा पुगेको थियो ।

सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले सगरमाथाको चुचुरोमा पुग्दा आफूलाई हामी यति सुन्दर देशमा छौँ भन्ने गर्व भएको बताए । आफूलाई नेपाली हुनुमा गर्व लागेको भन्दै उनले भने, “नेपालमा सबैभन्दा ठूलो र राम्रो हिमाल छ। त्यो सगरमाथामा मैले पनि पाइला टेक्ने अवसर पाएँ ।”

सगरमाथा आरोहण गर्ने क्रममा गायक लामाले छ हजार ५७४ मिटरको उचाइमा एकल कन्सर्टसमेत गरेका थिए । जलवायु परिवर्तनले कष्टकर बन्दै गएको जीवनलाई आफ्नो स्तरबाट कसरी सन्देश दिन सकिन्छ भनेर एकल कन्सर्ट गरेको उनले सुनाए ।

सुरुमा छ हजार ५७४ मिटरको उचाइमा कन्सर्ट गरेका गायक लामाले त्यसपछि फेरि सात हजार ९०० मिटरको उचाइमा कन्सर्ट गरेका थिए । उनले गरेको कन्सर्ट विश्वमै सबैभन्दा उचाइमा गरिएको कन्सर्ट बनेको छ ।

कन्सर्टमा उनले आफूले सार्वजनिक नै नगरेका ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीत गाएका थिए । साथै उनले मंगोलियन हार्ट ब्यान्डका केही चर्चित गीतसमेत गाएका थिए ।