• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo

मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका



फाईल फोटो

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतपरिणाम सार्वजनिक भइसकेपछि एउटा मतपेटिका सिलबन्दी भेटिएको छ । वडा नं ८ को मतगणना सम्पन्न भएर सार्वजनिक भइसकेपछि सिलबन्दी मतपेटिका भेटिएको हो ।

जम्मा १३ वटा वडा रहेको सो नगरमा सम्पूर्ण वडाको मतगणना सकेर अन्तिम परिणाम सार्वजनिक गर्ने बेलामा वडा नं ८ को मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बताइन् । उनका अनुसार वडा नं ८ अन्तर्गत बेलगाछीको दुईवटा मतपेटिकामध्ये एउटाको मात्रै मतगणना भएको थियो र अर्को मतपेटिका अर्कै वडाकोमा फेला परेको थियो ।

फेला परेको मतपेटिकाको मतगणना गरेर मात्र अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । सो वडामा नेकपा ९माओवादी केन्द्र० का शमशेरसिंह लामा ७५३ मत प्राप्त गरी विजयी भएको घोषणा गरिएको थियो ।