२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका



फाईल फोटो
अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकामा मतपरिणाम सार्वजनिक भइसकेपछि एउटा मतपेटिका सिलबन्दी भेटिएको छ । वडा नं ८ को मतगणना सम्पन्न भएर सार्वजनिक भइसकेपछि सिलबन्दी मतपेटिका भेटिएको हो ।

जम्मा १३ वटा वडा रहेको सो नगरमा सम्पूर्ण वडाको मतगणना सकेर अन्तिम परिणाम सार्वजनिक गर्ने बेलामा वडा नं ८ को मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बताइन् । उनका अनुसार वडा नं ८ अन्तर्गत बेलगाछीको दुईवटा मतपेटिकामध्ये एउटाको मात्रै मतगणना भएको थियो र अर्को मतपेटिका अर्कै वडाकोमा फेला परेको थियो ।

फेला परेको मतपेटिकाको मतगणना गरेर मात्र अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । सो वडामा नेकपा ९माओवादी केन्द्र० का शमशेरसिंह लामा ७५३ मत प्राप्त गरी विजयी भएको घोषणा गरिएको थियो ।