२ भाद्र २०८३, मंगलवार
,
Latest
टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो



अ+ अ-

प्योङयाङ । झण्डै साढे दुई वर्षदेखि ‘जिरो कोभिड केस’ दाबी गर्दै आएको उत्तर कोरिया कोरोना भाइरसको चपेटामा नराम्ररी फसेको छ । देशका सर्वोच्च नेता किम जोङ उनले सबै सहरमा कडा लकडाउनको घोषणा गरेका छन् ।

उत्तर कोरियाले गत हप्ता आफ्नो पहिलो कोरोना केस रिपोर्ट गरेपछि महामारीबाट अछुतो देशको संख्या तीन बाट घटेर दुई पुगेको छ। तुर्कमेनिस्तान र टुभालुमा अहिलेसम्म एउटै पनि कोरोना संक्रमण पुष्टि भएको छैन।

उत्तर कोरियाली प्रशासनले मे १२ मा कोरोनाको ओमिक्रोन भेरियन्टबाट फैलिएको संक्रामक ज्वरोका कारण हजारौं मानिस बिरामी भएको पुष्टि भएको बताएको थियो। उत्तर कोरियामा कोरोना संक्रमित बढ्दै गएपछि किम जोङ उनले कडा लकडाउन लगाए ।

समाचारअनुसार जुलाई २०२० मा उत्तर कोरियामा कोभिड लक्षणको पहिलो केस भेटिएपछि किम जोङ उनले उनलाई गोली हान्न आदेश दिएका थिए ।

सीमा पार गर्नेलाई गोली हान्ने आदेश

खाद्यान्न र पेय पदार्थको आधारभूत आपूर्तिका लागि चीनमा निर्भर रहेको उत्तर कोरियाले कोरोनाको शुरुवाती दिनमा सीमानाका बन्द गर्नुका साथै प्रान्तबीचको आवतजावतमा प्रतिबन्ध लगाएको छ र सीमापार व्यापार पनि बन्द गरेको थियो ।

किम जोङ उनले सिमानामा कडा सुरक्षा र सीमा पार गर्न खोज्नेलाई गोली हान्न आदेश पनि दिएका थिए । विश्व स्वास्थ्य संगठनका अनुसार मार्च २०२२ सम्म उत्तर कोरियामा कुनै पनि केस रिपोर्ट गरिएको छैन।

कडा प्रतिबन्धका बाबजुद पनि कोरोना घर भित्र पस्यो

किम जोङ उनले पनि अतिविश्वासमा भ्याक्सिन आपूर्तिको प्रस्ताव अस्वीकार गरेका थिए । तर दुई महिनाअघि देशमा भाइरसले ढकढक्याउँदा दिँदा अचानक दुई करोड ६० लाख जनसंख्यामा जोखिम आयो र किम जोङ उनका हात खुट्टा सुन्निए ।

मे १० मा उत्तर कोरियामा ‘शङ्कास्पद लक्षण’ र ‘रहस्यमय ज्वरो’ देखिएपछि मानिसहरूलाई घरमै बस्न आदेश दिइएको चीनको सरकारी मिडियाले बताएको छ।

सामूहिक मृत्युको खतरा

चाँडै उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले केही व्यक्तिहरूमा कोरोनाको ओमिक्रोन संस्करण पुष्टि गर्‍यो। चाँडै केसको संख्या १० लाख नाघेको छ र यसलाई देशको ‘सबैभन्दा गम्भीर संकट’ भनिएको छ।

अहिले देश सामूहिक मृत्युको जोखिममा छ किनकि कसैलाई पनि खोप दिइएको छैन र ठूलो जनसंख्या कुपोषणको चपेटामा छ।

के किम जोङ उनले बाहिरबाट सहयोग माग्छन् ?

यस्तो अवस्थामा उत्तर कोरियाको प्रशासनले बाहिरी सहयोग लिने कि देशलाई अलग्गै राख्ने भन्ने प्रश्न उठेको छ । कतिपयले भनेका छन् कि यदि कोरोनाका केसहरू यसरी नै बढिरह्यो भने किम जोङ उन बाहिरी सहयोग र मानवीय सहायता लिन टोली बोलाउन बाध्य हुनेछन्। तर, यसबारे निश्चितरूपमा केही भन्न गाह्रो छ । एजेन्सीको सहयोगमा