काठमाडौं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आएका अफ्रिदीले ईपीएलको चौथो संस्करणमा काठमाडौं किङ्ग्स ११ बाट खेल्ने भएका छन् । शनिबार देखि त्रिवि क्रिकेट मैदानमा ईपीएलको चौथो संस्करण सुरु हुँदैछ ।
उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग काठमाडौंले प्रतिस्पर्धा गर्ने भएको छ ।
कतार एयरवेजबाट आएका अफ्रिदीलाई ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरसँगै पाकिस्तानी दूतावासका कर्मचारीले विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।