२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेन साहको १९,०८१ मत, चितवनमा रेणुको अग्रता बढ्दै



वालेन शाह र केशव स्थापित
अ+ अ-

काठमाडौंः यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् ।

पछिल्लो पटक देशको राजधानी काठमाडौंको मेयरमा युवा इन्जिनियर वालेन्द्र साहले नाटकीय अग्रता बनाइरहेका छन् । बुधबार राति १०.३० बजेको मतविवरण अनुसार वालेन्द्रले १९ हजार ८१ मत प्राप्त गरिसकेका छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेका छन् । स्थापितले ९ हजार ८२७ मत प्राप्त गरेका छन् जुन वालेन्द्रको भन्दा ९ हजार २५४ ले कमी हो ।

सिर्जना सिंहले भने ८ हजार ८९३ मत प्राप्त गरेकी छिन् ।

उता, भरतपुर महानगरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार एवं प्रचण्डपुत्री रेणु दाहालले एमालेका प्रत्यासी विजय सुवेदीसँगको अग्रता फराकिलो बनाउँदै लगेकी छिन् ।

पछिल्लो मत विवरण अनुसार, रेणु दाहालले १२ हजार ३५२ मत प्राप्त गरेकी छिन् जबकी एमालेका विजय सुवेदीले ९ हजार ८२७ मत प्राप्त गरेका छन् । अर्थात विजय सुवेदीभन्दा रेणुले २,३८५ मतान्तर बनाउनु भएको छ ।

यस्तै, पोखरामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, वीरगंज महानगरमा राजेशमान सिंह र विराटनगर महानगरमा नागेश कोइरालाले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।