२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङको कानेपोखरीमा एमालेबाट अध्यक्षमा इङ्नाम र उपाध्यक्षमा अधिकारी विजयी



कानेपोखरी गाउँपालिकाको अध्यक्षमा विजयी एमालेकी राजमति इङ्नाम र उपाध्यक्षमा विजयी भोला प्रसाद अधिकारी
अ+ अ-

मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

मतगणनाको परिणाम अनुसार कानेपोखरीको अध्यक्षमा एमालेकी राजमति इङ्नाम र उपाध्यक्षमा भोला प्रसाद अधिकारी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्षमा निर्वाचित इङ्नामले ८ हजार ९७५ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका संजय भट्टराईले ६ हजार ४६ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित इङ्नाम यसअघि सोही पालिकाको उपाध्यक्ष थिइन् ।

त्यसैगरी उपाध्यक्षमा निर्वाचित अधिकारीले ९ हजार ५७० प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले ७ हजार ८१८ मत प्राप्त गरेकी हुन् ।

कानेपोखरीमा एमालेले वडा नम्बर १ र ४ बाहेकका वडामा वडाध्यक्ष समेत जितेको छ । वडा नं। २ मा शुशिल बुढाथोकी, ३ मा गोपाल बहादुर कार्की, ५ मा चरण गुरुङ, ६ मा खड्ग बहादुर बस्नेत र ७ मा मोहन प्रसाद अधिकारी एमालेबाट वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट १ मा रत्न बहादुर कार्की र ४ मा रमेश राउत विजयी भए ।