२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चापाकोट नगरपालिकामा कांग्रेस विजयी



Nepali Congress
अ+ अ-

स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी हुनुभएको छ । उहाँले सात हजार ४९० मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याउनुभयो ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी हुनुभयो । उहाँले सात हजार ४१३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याउनुभयो । कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी हुनुभएको छ ।

चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो ।