१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित News Polar यूटीएलबाट ८ अर्ब ५ करोड बक्यौता असुल गर्ने दूरसञ्चार प्राधिकरणको निर्णय News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई

इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी, गठबन्धन पराजित

इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी, गठबन्धन पराजित
अ अ+ अ-

चितवनको सात पालिकामध्ये अहिलेसम्म तीन पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। तीन वटै पालिकाको मेयररअध्यक्षमा एमाले विजयी भएको छ।

माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको मत परिणाम सार्वजनिक हुँदा तीनै पालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका हुन्।

अघिल्लो पटक गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेस एक्लैले जितेको चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा अहिले गठबन्धन बन्दा पनि एमाले एक्लैले जित हात पारेको हो। गाउँपालिकाको अध्यक्षमा एमालेका दानबहादुर गुरुङ एक हजार ५०२ मतान्तरले निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित गुरुङले छ हजार ११० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गीताकुमारी गुरुङले चार हजार ६०८ मत प्राप्त गरिन्।

गाउँपालिकाकी निवर्तमान अध्यक्ष गिताकुमारी गुरुङ पुनः अध्यक्षका लागि लडेकी थिइन्। तर उनी सफल हुन भने सकिनन्।

उपाध्यक्षमा पनि एमालेकै माया सिलवाल पाँच हजार ३४४ मत ल्याएर निर्वाचित भइन्। सिलवालले निकटतम प्रतिस्पर्धी नेकपा मोआवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मत अन्तरले पराजित गरिन्। गुरुङले पाँच हजार ४४ मत प्राप्त गरेका हुन्। इच्छाकामनाका सात वडामध्ये एमालेले एक्लै पाँच वडा जित्यो भने माओवादी केन्द्र र कांग्रेसले एकरएक वडा जिते।

इच्छाकामनामा १२ हजार ४ मत खसेको थियो। वडाहरुको नतिजा यस्तो छ इच्छाकामना गाउँपालिका–१ को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका सन्तबहादुर राना मगर ९६३९० निर्वाचित भए। एमालेका नन्दलाल गिरीले ६२९ मत ल्याए पनि निर्वाचित हुनका लागि पर्याप्त भएन। गिरी १० मतान्तरले पराजित भए। उनी निर्तमान वडाध्यक्ष हुन्। वडा सदस्यहरुमा सबै एमालेका उमेदवार निर्वाचित भए।

इच्छाकामना–२ मा एमालेको प्यानल नै विजयी भयो। अध्यक्षमा एमालेका पन्च बहादुर चेपाङ ६८३ मत ल्याएर पुनः निर्वाचित भए। निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका प्रकाश बुढाथोकीले ५१४ ले मत प्राप्त गरे।

इच्छाकामना–३ को अध्यक्षमा एमालेका नरबहादुर नेपाल निर्वाचित भए। नेपालले ८६० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादीका शरद पोखरेलले ८४९ मत प्राप्त गरेका थिए। इच्छाकामना–४ मा एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा रुद्रप्रसाद उप्रेती ८५८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका होमबहादुर सिलवालले ६९८ मत प्राप्त गरे। उप्रेतीले सिलवाललाई १६० मतान्तरले पराजित गरेका हुन्।

इच्छाकामना–५ मा पनि एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा तेजबहादुर शेरचन ७५२ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार जितबहादुर थापा मगरले ३८४ र कांग्रेसका मोदराज सिलवालले २१३ मत मात्रै प्राप्त गरे। वडा नम्बर ६ मा पनि एमालेको प्यानल नै विजयी भयो।

वडा अध्यक्षमा एमालेका लक्ष्मण प्रजा ७९७ मत ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी कांग्रेसका विराज गुरुङले ५७६ मत मात्रै प्राप्त गरे। इच्छाकामना–७ को अध्यक्षमा गठबन्धनबाट कांग्रेसका बमबहादुर थापा मगर निर्वाचित भएका हुन्।