• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेप्सेमा सामान्य सुधार, कारोबार रकम बढ्यो



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक २.७० अङ्कले बढेर दुई हजार ८१९.६५ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९३ अङ्कले बढेर ५३०.०२ मा उक्लिएको छ । कूल २२८ कम्पनीको एक करोड ५७ लाख १४ हजार २६६ कित्ता शेयर रु सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ मूल्यमा खरिद बिक्री भए । बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ४७ अर्ब १५ करोड सात लाख ९० हजारको हाराहारीमा पुगेको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर भने ओरालो लागेको छ । नेप्सेका अनुसार बैंकिङ ४७.३७ र वित्त ८.२ अङ्कले उकालो लागे । केही वाणिज्य बैंकले आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका कारण बैंकिङ उपसमूहको शेयर मूल्यमा सुधार देखिएको हो । व्यापार ४५.०७, होटल तथा पर्यटन ९७.२७, विकास बैंक ८०.४४, जलविद्युत् ७१.८, निर्जीवन बीमा ९२.०४, उत्पादन ८०.४, अन्य २१.६१, लघुवित्त ४६.७९, जीवन बीमा ५१.०८, सामूहिक लगानी कोष ०.०६ र लगानी २.१६ बिन्दुले ओरालो लागेको छ । 

कारोबारका आधारमा आज सानिमा बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३४ करोड १५ लाख ८३ हजार बराबरको कारोबार भयो । नेपाल बैंक रु २७ करोड १० लाख ७७ हजार १४३, माछापुच्छ्रे बैंक रु २३ करोड ८६ लाख ८८ हजार ६०३, नेशनल हाइड्रोपावर रु २१ करोड ९६ लाख ५० हजार ५०५ र युनाइटेड मोदी हाइड्रोपावरको रु २१ करोड ७७ लाख २३ हजार २७७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । प्राइम लाइफ इन्स्योरेन्स ६.१३, नेपाल बैंक ५.५१, नेपाल बंगलादेश बैंक ५.३०, मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ४.०२ प्रतिशतले कमाएका छन् । 

हिमालयन पावर पार्टनर ५.०९, यूनियन हाइड्रोपावर ५.०५, शिव श्री हाइड्रोपावर ४.६७, अरुण भ्याली हाइड्रोपावर ४.३६ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१४ प्रतिशतले गुमाए ।