२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यका लागि हरियो मकैका यस्ता छन् ८ फाइदा



अ+ अ-

काठमाडौं । मकै स्वास्थ्यका लागि अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । बजारमा पाइने फूलमकै वा पपकर्न खान स्वादिलो पनि हुन्छ । तर घरैमा मकै उमालेर खाजाका रूपमा वा तरकारीसँग खान सकिन्छ । तौल घटाउन पनि मकै उपयोगी हुन्छ । जान्नुहोस् यसका फाइदा :

तौल घटाउन
मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।

क्यान्सर
मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।

बलियो हड्डी
मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।

कोलेस्ट्रोल
मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

राम्रो छाला
छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

आँखा
आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।

रक्ताल्पता
शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ ।

कब्जियत
कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ 

(एजेन्सीको सहयोगमा)