२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको कालिका नगर प्रमुखमा एमालेका रेग्मी निर्वाचित



अ+ अ-

चितवन । चितवनको कालिका नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विनोद रेग्मी निर्वाचित भएका छन् । उनले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई पराजित गर्दै उम्मेदवार १४३ मतले पराजित गरेका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याई निर्वाचित हुँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत पाए । मतगणना हुँदा रेग्मी र केसीका बीचमा निकै प्रतिस्पर्धा भएको थियो ।

उपप्रमुखमा समेत एमालेकै विमला लामा निर्वाचित भएकी छन् । विमलाले १० हजार ४४९ मत ल्याई निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् ।

कालिकामा ११ वटा वडा रहेक छन् । यस नगरपालिकामा कांग्रेसले ५, एमालेले ४ र माओवादीले २ वडा जितेको छ ।