• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

२१ वर्षमै पालिका अध्यक्षमा निर्वाचित



वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवा अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट अध्यक्ष पदमा निर्वाचित वशिष्ट गुप्ता २१ वर्षका छन् ।

उनले स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा तीन हजार ७४३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय पटेलले तीन हजार ६२६ मत प्राप्त गरे । गुप्ताले पटेललाई ११७ मतान्तरले पराजित गरेका हुन् ।

त्यस्तै उपाध्यक्ष पदमा कांग्रेसकी राजमती बरैनी निर्वाचित भइन् । राजमतीले तीन हजार ९८२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले तीन हजार ८५९ मत प्राप्त गरिन् ।

कालिकामाई गाउँपालिकामा पाँच वडा रहेका छन् । निर्वाचनमा तीनवटा वडाको अध्यक्षमा जसपा, एउटा कांग्रेस र अर्को नेकपा ९एमाले० ले जित हासिल गरेका छन् ।