१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स

कर्णाली माओवादीमा भाँडभैलो, प्रदेश सांसद नै पार्टीबाट निष्कासित

कर्णाली माओवादीमा भाँडभैलो, प्रदेश सांसद नै पार्टीबाट निष्कासित
अ अ+ अ-

सुर्खेतः स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा देशभर नै पार्टी परित्याग गर्ने र कारबाही गर्ने सिलसिला निकै तिब्र गतिमा अघि बढेको छ । पछिल्लो समय खासगरी नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच होडबाजी नै चलेको छ ।

यसै सिलसिलामा कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का एक प्रदेश सांसद नेकपा एमालेमा प्रवेश गर्ने भएपछि हल्लीखल्ली मच्चिएको छ ।

पछिल्लो विवरण अनुसार नेकपा माओवादीका तर्फबाट कर्णाली प्रदेशका सांसद ठम्मर विष्टले आफू नेकपा एमालेमा प्रवेश गर्ने तयारी गर्नु भएको छ । यो समाचार सार्वजनिक भए लगत्तै नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद विष्टलाई निष्कासन गरेको छ ।

दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सांसद विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै विष्टलाई निष्कासन गर्नु परेको उल्लेख गर्नु भएको छ ।

विज्ञप्तीमा भनिएको छ, “विष्टले प्रदेश सभा सदस्यबाट राजीनामा समेत पेश गरेको सन्दर्भमा यही चैत्र ३ गते प्रदेश सभा दलको बैठक सम्पन्न भयो । उक्त बैठकले राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन उहाँलाई दिएको निर्देशनको अवज्ञा गरेकाले दलको सदस्यबाट निलम्बन गरिएको सुचित गरिन्छ ।’

श्री विष्ट आज नेकपा एमाले प्रवेश गर्ने तयारी गर्नु भएको छ । वीरेन्द्रनगरमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले विष्टलाई स्वागत गर्ने कार्यक्रम तय भएको नेकपा एमाले कर्णालीले जनाएको छ ।

विष्टसहित थप केही जिल्ला कमिटिका सदस्यहरु समेत एमालेमा प्रवेश गराउने तयारी भइरहेको एमालेका नेताहरुको भनाई छ ।

प्रमुख सचेतक रहेकै समयमा विष्टले गत फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गर्नु भएको थियो ।