• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक ★   हनुमान चालिसा कहिले र कसले लेखे ? ★   काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ: महामन्त्री थापा ★   अथाह प्रेमको बावजुद, यी गल्तीहरूले ब्रेकअप निम्त्याउन सक्छ !

हुम्लामा अध्यक्षमा तीन कांग्रेस, तीन माओवादी निर्वाचित



सिमकोट । हुम्लाका सातमध्ये छ गाउँपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । जिल्लाको सिमकोट, नाम्खा र ताँजकोट गाउँपालिका नेकपा माओवादी केन्द्रले पालिका अध्यक्षमा विजयी भएको छ भने खार्पुनाथ, सर्केगाड र अदाचनुली गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

चङ्खेली गाउँपालिकाको वडा २ को पुनः आजबाट मतदान भइरहेकाले त्यहाँको मतपरिणाम सार्वजनिक हुन नसकेको हो । हुम्लामा माओवादी र कांग्रेसले गठबन्धन गरेका थिए ।

सिमकोट गाउँपालिका अध्यक्षमा माओवादीका विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले एकहजार ९६९ मत ल्याउनुभएको हो ।

पालिका उपाध्यक्षमा कांग्रेसका सुशीला रोकायाले दुई हजार ४७४ मत ल्याएर विजयी हुनु भएको छ । उहाँका प्रतिस्पर्धी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याउनुभयो ।

उत्तरी नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित माओवादीका प्रेम लामाले एक हजार ४६६ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत ल्याउनुभयो । उपाध्यक्षमा कांग्रेसका तक्दिर लामाले एक हजार ९४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुभयो ।

खार्पुनाथ गाउँपालिकामा कांग्रेसका कर्णबहादुर रावलले एक हजार आठ सय १० मत ल्याएर अध्यक्षमा विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर शाहीले एक हजार एक सय ९५ मत ल्याउनुभयो । उपाध्यक्षमा माओवादीका ज्ञानबहादुर सिंह (भरत) विजयी हुनुभयो । उहाँले एक हजार ८७२ मत ल्याउनुभयो । यस्तै उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का शक्तिसिंह ऐडीले ८५० मत ल्याउनुभयो ।

सर्केगाड गाउँपालिकामा कांग्रेसका ठानबहादुर रोकाया तीन हजार ५४३ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका ज्ञामी बुमीले ९९७ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार चन्द्रसिंह कार्कीले तीन हजार २८२ मत ल्याएर विजयी हुनुभयो ।

ताँजकोट गाउँपालिका अध्यक्षमा माओवादीका लालकेश जैसीले एक हजार ८१० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका अजमल बुढाले ९९५ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापा विजयी हुनुभएको छ । थापाले एक हजार ३१० मत प्राप्त गरेर विजयी हुनुभयो ।

अदानचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवारनै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । पालिका अध्यक्षमा कांग्रेसका मोहनविक्रम सिंहले एक हजार ५८ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका दल फडेराले एक हजार तीन सय ५३ मत प्राप्त गर्नुभयो । पालिका उपाध्यक्षमा माओवादीका कर्ण रोकायाले एक हजार नौ सय ९६ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार लोकेन्द्र भण्डारीले एक हजार छ मत प्राप्त गर्नुभयो ।