१९ मंसिर २०८२, शुक्रबार
,
Latest
हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ? विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा नियम निलम्बनको प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसाल (गौतम)ले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बैठकले बहुमतले स्वीकृत गरेको हो । उक्त नियम निलम्बनको प्रस्तावलाई सांसदहरु देवप्रसाद गुरुङ र जीवनप्रेम श्रेष्ठले समर्थन जनाउनुभएको थियो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १४२ को उपनियम ९४० मा राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत हुनुभन्दा कम्तीमा १५ दिन अगावै बजेट तयारीका लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल गरिनुपर्ने प्रावधान छ । स्थानीय निर्वाचनका कारण उक्त अवधिमा छलफल गर्न नभ्याइने भएकाले नियमको सो प्रावधान निलम्बन गरिएको हो ।