• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि ★   बलरको भरमा विश्वकप जितेको भारत ★   शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्छुः मन्त्री श्रेष्ठ ★   तारा एअरले भ्रामक सूचना फैलाउनेमाथि कारबाही अगाडि बढाउने ★   जापानद्वारा एच–थ्री रकेटको सफलतापूर्वक प्रक्षेपण ★   नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन: श्रममन्त्री अर्याल ★   चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित ★   बैरागी काइँला र एलपी जोशीलाई पुरस्कृत गरिने ★   राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि राज्यबाट पाउने सुविधाबाट वञ्चित हुँदैनन्: गृहमन्त्री लामिछाने ★   २५ वटा काण्डको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी: गृहमन्त्री लामिछाने

नेप्से परिसूचक उच्च अङ्कले घट्यो



काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ ले ओरालो लागेर ४३८.६८ मा सीमित भएको छ ।

कारोबार भएका २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ ३७.९५, व्यापार ६०.८६, होटल तथा पर्यटन ७७.०८, विकास बैंक १६३.६९, जलविद्युत् १४२.५, वित्त १०१.८७, निर्जीवन बीमा ४८५.८१, उत्पादन ११३.१९, अन्य १०९.५५, लघुवित्त १४३.२८, जीवन बीमा ५९२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.५९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७९ लाख नौ हजार ५१३ बराबरको कारोबार भयो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ६९ लाख ५१ हजार १२७, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ५६ लाख ३४ हजार २७९, सूर्य लाइफ इन्सुरेन्स रु पाँच करोड ५२ लाख ६५ हजार १८१ र माथिल्लो तामाकोसी रु पाँच करोड १९ लाख ७२ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त ४.९६, बोटलर्स नेपाल २, एनआइबिएल समृद्धि फन्ड १.६६, सनराइज फस्ट म्युचुअल फन्ड १.०४ र एनएमबी ५० का लगानीकर्ताले ०.९३ प्रतिशतले कमाए । त्यस्तै, युनाइटेड इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स र सूर्योदय बोमी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले गुमाए । बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८४ र इमर्जिङ नेपाल ९.५६ प्रतिशतले गुमाए ।