२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक उच्च अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ८४.९० अङ्कले ओरालो लागेर दुई हजार २६५.५२ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.२८ ले ओरालो लागेर ४३८.६८ मा सीमित भएको छ ।

कारोबार भएका २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर रु एक अर्ब ६४ करोड ४० लाख ९६ हजार १९३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैङ्किङ ३७.९५, व्यापार ६०.८६, होटल तथा पर्यटन ७७.०८, विकास बैंक १६३.६९, जलविद्युत् १४२.५, वित्त १०१.८७, निर्जीवन बीमा ४८५.८१, उत्पादन ११३.१९, अन्य १०९.५५, लघुवित्त १४३.२८, जीवन बीमा ५९२.५९, सामूहिक लगानी कोष ०.२४ र लगानी २.५९ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जाल्पा सामुदायिक लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ७९ लाख नौ हजार ५१३ बराबरको कारोबार भयो । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर रु पाँच करोड ६९ लाख ५१ हजार १२७, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ५६ लाख ३४ हजार २७९, सूर्य लाइफ इन्सुरेन्स रु पाँच करोड ५२ लाख ६५ हजार १८१ र माथिल्लो तामाकोसी रु पाँच करोड १९ लाख ७२ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार सामुदायिक लघुवित्त ४.९६, बोटलर्स नेपाल २, एनआइबिएल समृद्धि फन्ड १.६६, सनराइज फस्ट म्युचुअल फन्ड १.०४ र एनएमबी ५० का लगानीकर्ताले ०.९३ प्रतिशतले कमाए । त्यस्तै, युनाइटेड इन्सुरेन्स, लुम्बिनी जनरल इन्सुरेन्स र सूर्योदय बोमी लघुवित्तका लगानीकर्ताले १० प्रतिशतले गुमाए । बुद्धभूमि नेपाल हाइड्रोपावर ९.८४ र इमर्जिङ नेपाल ९.५६ प्रतिशतले गुमाए ।