२० मंसिर २०८२, शनिबार
,
Latest
निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका आठ तहमा मिश्रित परिणाम



अ+ अ-

बैतडी । बैतडीका आठ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १० स्थानीय तह रहेको जिल्लामा पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेक अन्य तहको मतपरिणाम सार्वजनिक भएको हो ।

बैतडीमा हालसम्म नेपाली कांग्रेस र नेकपा (एमाले)ले तीन/तीन, नेकपा (माओवादी केन्द्र)ले एक र स्वतन्त्रले एक तहमा जित हासिल गरेका हुन् । कांग्रेसले पाटन नगर, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिका प्रमुखमा विजयी प्राप्त गरेको छ । एमालेले दशरथचन्द नगर, पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा जित हासिल गरेको हो । त्यस्तै माओवादीका उम्मेदवार मेलौली नगर र स्वतन्त्र डिलाशैनी गाउँपालिकामा विजयी भएका छन् ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा एमालेकै बीना भट्ट विजयी हुनुभएको छ । यस्तै शिवनाथ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षमा एमालेका सकुन्तला साउद विजयी हुनुभएको हो । मेलौली नगर प्रमुखमा माओवादीका भीमबहादुर चन्द र उपप्रमुखमा कांग्रेसका पार्वती बोहरा विष्ट विजयी हुनुभएको छ ।

यस्तै दशरथचन्द नगर प्रमुखमा एमालेका पुष्करराज जोशी र उपप्रमुखमा कांग्रेसका कौशिला चन्द विजयी हुनुभएको छ । पाटन नगर प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादीका कमलसिंह बोहरा विजयी हुनुभएको हो । यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी हुनुभएको छ ।

सिगासको अध्यक्षमा कांग्रेसका हरिसिंह धामी र उपाध्यक्षमा एमालेका धाना धामी विजयी हुनुभएको छ भने डिलाशैनीको अध्यक्षमा स्वतन्त्रका सन्तोशप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहराले जित हासिल गर्नुभएको छ ।