• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

कार्यव्यवस्था परामर्श समितिको बैठकमा गएन एमाले



काठमाडौँ । प्रमुख विपक्षी नेकपा एमाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बजेट अधिवेशनको पहिलो दिन संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक राखे पनि सो बैठकमा एमाले सहभागी भएन ।

अहिले पनि बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । एमालेले यसअघि पनि कार्यव्यवस्था परामर्श समितिको बैठक बहिष्कार गर्दै आएको थियो । गत भदौ २३ गतेदेखि एमालेले संसद्मा निरन्तर अवरोध गर्दै आएको छ ।

एमालेले पार्टी विभाजनमा सभामुख सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै आएको छ । सभामुखले नै निकास दिनुपर्ने सो पार्टीको माग छ ।

एमालेले माधव नेपालसहित १४ जना सांसदलाई कारबाही गरेको थियो । सो कारवाहीसम्बन्धी सूचना टाँस्नुपर्ने एमालेको माग छ । आफ्ना सांसदलाई कारबाही गरेको सूचना नटाँसे सभामुखले राजीनामा दिनुपर्ने एमालेले शर्त राखेको छ । यी दुवै माग पूरा नभएकाले एमालेले संसद्मा अवरोध गर्दै आएको छ ।

एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) को अस्तित्वलाई एमालेले अहिलेसम्म स्वीकार गरेको छैन । यद्यपि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको ९ महिना बितिसकेको छ र उसले स्थानीय तहको चुनावमा भाग लिइसकेको छ।