२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु



अ+ अ-

सोल । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायतामा देखिएको यो संक्रमण पहिलेको भन्दा कम भए पनि उल्लेख्य मात्रामा कम हुन भने सकेको छैन ।यहाँ पछिल्ला हप्ताहरुमा कोभिडका संक्रमित बढ्दै गएकाले अहिले १ करोड ७८ लाख ३० हजार मानिसमा कोभिडको संक्रमण पुगेको समाचारमा जनाइएको छ ।

यहाँ करिब दुई हप्ता अघिसम्म दैनिक कम्तीमा पनि १ लाख मानिसमा कोभिडको संक्रमण पुगेको पाइएको थियो । यो हप्ता भने त्यसमा कमी आएको छ ।संक्रमणबाट पछिल्लो पटक २७ जनाको ज्यान गएको बताइएको छ । यहाँ अहिलेसम्म कोभिडबाट २३ हजार ७२५ जनाको ज्यान गएको बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँका कोभिड संक्रमितहरुमा मृत्यु दर भने न्यून रहेको बताएका छन् ।