२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धवलागिरि गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्रको जित



अ+ अ-

म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् ।

स्थानीय तह चुनावमा धवलागिरिमा कांग्रेस–माओवादीले तालमेल गरेका थिए । गठबन्धनबाट अध्यक्षमा कांग्रेसका प्रेमप्रसाद पुनले तीन हजार १२३ र उपाध्यक्षमा माओवादीका रेशम पुनले दुई हजार ८१२ मत पाएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँहरुका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की उम्मेदवार थमसरा पुनले दुई हजार ५४८ र उपाध्यक्षमा सोही पार्टीका प्रगति कार्कीले दुई हजार ६१८ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सात वडा रहेको धवलागिरिमा कांग्रेसले तीन, एमालेले तीन र माओवादीले दुई वडामा अध्यक्ष जितेका छन् ।

वडा नं १ मा गठबन्धनबाट माओवादीका झक छन्त्याल, २ मा एमालेका अकप्रसाद विक, ३ मा कांग्रेसका देवेन्द्र रोका, ४ मा एमालेका यामबहादुर घर्ती, ५ मा कांग्रेसका अमर छन्त्याल, ६ मा एमालेका राजाराम उपाध्याय र ७ मा माओवादीका अशोक खत्री निर्वाचित हुनुभएको छ ।

वडा सदस्य गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । दश हजार ९४० मतदाता रहेको धवलागिरिमा ६१ दशमलव १८ प्रतिशत अथवा छ हजार ६९४ मत खसेको थियो । ३७ पदका लागि ८४ प्रतिस्पर्धामा थिए ।

जिल्लाको छमध्ये चार स्थानीय तह र ३६ वडाको मतगणना सकिएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा सोही पार्टीेका लक्ष्मीदेवी पुन घर्ती निर्वाचित हुनुभएको छ । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी र उपाध्यक्षमा प्रेमकुमारी पुन विजयी हुनुभएको छ । मङ्गला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा सोही पार्टीका प्रेमकुमारी अधिकारी (पेमा) निर्वाचित हुनुभएको छ ।

मतपरिणाम सार्वजनिक भएका ३६ वडामध्ये एमालेले १६, कांग्रेसले १३ र माओवादीले छ वडामा जित हासिल गरेको छ । जिल्लाका दशा वडा, बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।