७ पुष २०८२, सोमबार
,
Latest
देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री शेर बहादुर देउवा ।
अ+ अ-

प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्नुभएको छ ।

आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज यहाँ भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा प्रधानमन्त्री देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन र व्यावसायिक सञ्चालनको शुभारम्भ भइसकेको सन्दर्भमा सम्पर्क सञ्जाल विस्तार, सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको आवागमनलाई थप सहज बनाउन उक्त विमानस्थल उपयुक्त हुने भएकाले थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

वार्ताका क्रममा प्रधानमन्त्री देउवाले आपसी हितका लागि दीर्घकालीलनरूपमा विद्युत् व्यापार गर्न आग्रह गर्नुभएको थियो । पराराष्ट्र मन्त्रालयका अनुसार अरुण तेस्रो जलविद्युत् आयोजना सुचारु रूपमा अगाडि बढिरहेकामा दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि प्रकट गर्नुभएको थियो । वार्ताका क्रममा प्रधानमन्त्री देउवाले उठाउनुभएका विषयलाई भारतीय प्रधानमन्त्री मोदीले सकारात्मकरूपमा लिनुभएको छ ।

वार्तामा दुवै देशका प्रधानमन्त्रीले स्वच्छ ऊर्जाका लागि जलविद्युत्को महत्वमा जोड दिँदै जलविद्युत् क्षेत्रमा, सार्वजनिक, नीति र सझेदारीका अपार सम्भावनाहरु रहेकोमा सहमति जनाउनुभयो । प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् आयोजनाको विकासका लागि भारतको इच्छुक कम्पनीलाई लगानीका निम्ति आग्रह गर्नुभयो ।

पञ्चेश्वर आयोजनालाई प्राथमिकताका साथ आगाडि बढाउन पनि दुवै देशका प्रधानमन्त्रीले सहमति जनाएको मन्त्रालयले वार्तापछि जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

वार्ताका क्रममा दुवै पक्षले सम्पर्क सञ्जाल विस्तारमा सहयोग प्रवद्र्धन, मल आपूर्ति समयमै गर्ने विषयलाई प्राथमिकतामा राख्नुभएको व्यापार सन्धिको समीक्षा गरिएको थियो ।

जलविद्युत् उत्पादन, बौद्ध र रामायण परिपथसहितका संस्कृति, पयर्टन, शिक्षा र शैक्षिक सहयोग, भारतीय मुद्रा बढी बोक्न पाउनुपर्ने प्रावधान, पारस्परिक हितका मामलामा क्षेत्रीय र बहुपक्षीय मञ्चहरुमा सहयोग आदानप्रदान गर्ने बारेमा पनि दुई देशका प्रधानमन्त्रीबीच छलफल भएको थियो ।

दुवै देशबीच सुक्खा बन्दरगाह निर्माण, चाँदनी, दोधारामा एकीकृत जाँच चौकी बनाउने, भारतको उत्तराखण्डको पूर्णगिरिमाई र डडेलधुराको पशुरामधाम जोड्ने पूल निर्माणबारे पनि छलफल भएको थियो ।

नेपाललाई भूकम्प, कोभिड–१९ जस्ता महामारीको प्रतिकूल परिस्थतिमा भारतले सहयोग गरेकोमा प्रधानमन्त्री देउवाले हार्दिक आभार व्यक्त गर्नुभयो । साथै दुवै प्रधानमन्त्रीबीच गत चैतमा भएको प्रधानमन्त्री देउवाको भारतको भ्रमणका बारेमा समीक्षा भएको थियो । रासस