• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा ★   विपद् जोखिम बढ्यो, एक महिनामा ६२ को मृत्यु ★   विपदबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ : प्रधानमन्त्री ★   प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो: सांसद शर्मा ★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ?

बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता



काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत ल्याउनुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ को उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले पाँच हजार २४२ मत ल्याइ अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेवार रमिला वाग्लेले पाँच हजार ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

बुढानिलकण्ठ–५ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्ण शाह (ठकुरी) ५१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण दुलालले ४८१ मत प्राप्त गर्नुभयो ।

यस्तै, बुढानिलकण्ठ–६ मा एमालेका रवि खड्का ७२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रह्लाद खड्काले ६९६ मत प्राप्त गर्नुभयो । बुढानिलकण्ठ–७ मा पनि एमालेकै बमनारायण महर्जनले एक हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामराजा महर्जनले ४७५ मत प्राप्त गर्नुभएको छ । कुल ४८ हजार ३०४ मतदाता रहेको बुढानिलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । सो नगरपालिकामा १३ वडा छन् ।