६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढानिलकण्ठमा सात वडाको मतगणना सम्पन्न, प्रमुखमा एमालेको अग्रता



अ+ अ-

काठमाडौँ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सात वडाको मतगणना सम्पन्न गर्दा प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिठाराम अधिकारीले चार हजार ७३८ मत ल्याएर अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद चालिसेले चार हजार ५८७ मत ल्याउनुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ को उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार अनिता लामाले पाँच हजार २४२ मत ल्याइ अग्रता लिनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेवार रमिला वाग्लेले पाँच हजार ५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

बुढानिलकण्ठ–५ को वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार कृष्ण शाह (ठकुरी) ५१४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायण दुलालले ४८१ मत प्राप्त गर्नुभयो ।

यस्तै, बुढानिलकण्ठ–६ मा एमालेका रवि खड्का ७२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार प्रह्लाद खड्काले ६९६ मत प्राप्त गर्नुभयो । बुढानिलकण्ठ–७ मा पनि एमालेकै बमनारायण महर्जनले एक हजार १५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार रामराजा महर्जनले ४७५ मत प्राप्त गर्नुभएको छ । कुल ४८ हजार ३०४ मतदाता रहेको बुढानिलकण्ठ नगरपालिकामा ३४ हजारभन्दा बढी मत खसेको थियो । सो नगरपालिकामा १३ वडा छन् ।