• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

गायक राजु लामाले गरे सफलतापूर्वक सगरमाथा आरोहण



काठमाडौं । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिस्ट गायक राजु लामाले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । गायक राजु लामासहितको २७ जनाको टोली सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका थिए । उनीहरु बिहान ६ बजेर ४० मिनेट जाँदा चुचुरोमा पुगेका हुन् ।

लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा सफलतापूर्वक चढेको इम्याजिन नेपाल एक्सपिडिसनले जनाएको हो ।

कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवद्र्ध्न गर्न र सङ्गीत तथा हिमालको नातालाई गाढा बनाउन आफुले सगरमाथा आरोहण गर्न लागेको, र विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजनासहित गायक लामा सगरमाथा आरोहणमा निस्किएका थिए ।

जसअनुरुप गायक लामाले ६,५७४ मिटर उचाइको क्याम्प ३ मा कन्सर्ट समेत गरेर कीर्तिमान राखिसकेका छन् ।